पोखरामा छठको रौनक, चार ठाउँमा पूजा आराधना

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा पनि सामुहिक छठ पूजा गरेर छठ मनाइएको छ । नेपालको तराई तथा भारतको विभिन्न ठाउँमा स्थायी घर भई पोखरामा बसोबास गर्दै आएकाहरुले पोखराका विभिन्न ठाउँमा सामुहिक छठ पूजा गरेर मनाएका हुन् ।

पोखराको फेवाताल किनार, सेती नदी किनार, कालीखोला र भद्रकाली मन्दिर नजिक रहेको माछापोखरी किनारमा सामुहिक छठको पूजा गरिएको हो । छठ अन्तर्गत आजतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिनेछ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन चारवटै स्थलमा भीड लागेको थियो । जहाँ तराई मूलकासँगै भारतीय र केही पहाडी क्षेत्रका व्रतालुहरु पुगेको नारायस्थान मन्दिर छठ पूजा समितिका निलकण्ठ महादेव सेवा समिति कास्कीका अध्यक्ष विनोद प्रसाद गुप्ताले जानकारी दिए । उनले पहाडमा बस्ने समुदायले मनाउने चाडपर्व तराईमा बस्ने र तराईमा बस्ने समुदायले मनाउने चाडपर्व पहाडमा बस्ने समुदायले मनाउँदा आपसी सद्भाव बढेको उनले अनुभव सुनाए ।

चारदिनसम्म मनाइने छठ पर्वको पहिलो दिन शुक्रबार अर्वाअवाईन, दोश्रो दिन शनिबार खरना, तेश्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दियएको छ भने चौथो दिन सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ ।

  • २९ कार्तिक २०८३, आईतवार १८:५३ प्रकाशित