प्राकृतिक प्रकोप

लमजुङमा पहिरोमा परी २ जनाको ज्यान गयो, एकै परिवारका ३ जना बेपत्ता

केन्द्रभाग मिडिया

पोखरा ।

लमजुङमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ ।

गएरातीदेखि परेको अविरल वर्षाको क्व्होलासोथार गाउँपालिका–३ बगुममा आज बिहान गएको पहिरोले तीनवटा घर बगाउँदा एक जनाको ज्यान गएको छ भने एकै परिवारका अन्य तीन जना बेपत्ता भएको लमजुङक सहायक प्रमुख जिल्ला अधिकारी / सुचना अधिकारी गोर्कण राज सुयालले केन्द्रभागलाई जानकारी दिए ।

पहिरोमा परी ज्यान गुमाउनेमा क्वहोलासोथार गाउँपालिकाका ६७ वर्षीय रुद्रमान गुरुङको घर पुरिदाँ उनको ज्यान गएको र उनकी  बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ७ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता गुरुङ बेपत्ता रहेको सुचना अधिकारी सुयालले बताए ।

सुचना अधिकारी सुयालको अनुसार क्व्होलासोथारमा तीन वटा घर परिरोले पुरिएको छ ।

यस्तै लमजुङको दोर्दी गाउँपालिकामा पहिरोले घर पुरिदाँ १६ वर्षीय विकल सुनारको ज्यान गएको छ ।

लगातारको वषासँगै आज बिहान पौने ५ बजे पहिरो आउँदा उनीहरुको ज्यान गएको हो । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ । यद्यपि पानी परिरहेकाले खोजी कार्यमा कठिनाई भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सुयालले बताए ।

  • १२ असार २०८१, बुधबार १०:०७ प्रकाशित