पोखरा ।
महामारीको रुपमा फैलिएको अफ्रिकन स्वाइनफ्लुका कारण पोखरा ३३ बागमारामा रहेका पिग पार्कका अधिकांश बंगुुपालक कृषकहरु विस्थापित भएका छन । बंगुर ब्रिडर कृषक सहकारी संस्था मार्फत सञ्चालित पिग पार्कमा रहेका बंगुर पालक कृषकहरुको आठ हजार वढी बंगुर मरेपछि अधिकांश कृषक विस्थापित भएका हुन ।
सहकारीका अनुसार पिग पार्कमा ३० वटा फर्मले बंगुर पालेको भएतापनि वेलावेलामा फैलिएको महामारीका कारण बंगुर नष्ट भएपछि २० वटा फर्मले पिग पार्क छाडेको र हाल १० वटा फर्मले मात्र बंगुर पाल्दै आएका छन । महामारी फैलिएर बंगुर नष्ट भएपनि संघ सरकार, प्रदेश सरकार र स्थानिय सरकार कोहीले पनि सहयोग नगरेपछि त्यहांका कृषकहरु विस्थापित हुने अवस्थामा पुुगेका हुन ।
बांकी रहेका कृषकहरुलाई लक्षित गरी पोखरा महानगर कृषि बिकास महाशाखाले कृषकहरुलाई स्थापित गराउनका लागि लागत साझेदारीमा १ सय ६० वटा बंगुरको पाठा वितरण गरेको छ । सो अवसरमा वोल्दै पोखरा महानगरका कृषि बिकास महाशाखा प्रमुख मनहर कडरियाले बंगुर पालक कृषकहरु जो पिग पार्कबाट विस्थापित हुन लागेका छन उनीहरुलाई स्थापित गराउनका लागि बंगुरको पाठा वितरण गरेको बताए । पोखराकै नमुना बंगुर पालनको रुपमा रहेको पिग पार्कमा बंगुरको उत्पादन बढ्दै जाँदा महामारी रोगका कारण बंगुर हरु नष्ट भएका कारण किसानहरु बिस्थापित हुने अवस्थामा पुुगेको र कतिपय किसानहरुले ब्यवशाय नै छाडेका कारण उनीहरुलाई पुन स्थापित गर्नका लागि महानगरले आगामी आर्थिक वर्षमा समेत सहयोग गर्ने वताए ।
त्यस्तै पोखरा महानगर पशु सेवाका डाक्टर अशेष राज बिकले बंगुर पालन क्षेत्र अतिनै संवेदनशील हुने भएकाले यसमा महामारी रोक्नका लागी बायो सेक्युरेटीनै मुख्य हुने वताए । बायो सेक्युरेटीलाइ ध्यान दिन नसक्दा बंगुर पालन क्षेत्रमा महामारी फैलिने गरेको र आगामी दिनमा त्यसतर्फ ध्यान दिन समेत ब्यवशायीलाई उनले आग्रह गरे । अफ्रिकन स्वाइन फ्लुुको कुनैपनि खोप तयार भइनसकेका कारणपनि बंगुर पालक कृषकहरुले मार खेप्नुपरेको उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै बंगुर ब्रिडर सहकारी संस्थका ब्यवस्थापक मोहन थापाले पिग पार्कमा रहेका ब्यवशायीहरु करौडौको लगानी डुुबेकै कारण विस्थापित हुने अवस्थामा पुुगेको वताए । महामारीका कारण बंगुुर मरेर नष्ट भएपछि ब्यवशायीहरुले पुन बंगुर पालनमा अग्रसर नभइ विस्थापनमा लागेको उनको भनाइ रहेको थियो । प्रदेश सरकार, संघ सरकार र स्थानीय सरकारमा आफुहरुको दुखेसो पोख्दा समेत कोही कसैले नसुनेको वताउदै थापाले ढिलै भएपनि पोखरा महानगर कृषि बिकास महाशाखाले बंगुरको पाठा बितरण गरेर केही राहत दिने काम गरेको उनको भनाइ रहेको थियो ।
बंगुर ब्रिडर कृषक सहकारी संस्थाका अध्यक्ष योग बहादुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह सचिव बेल बहादुर गुरुङ, पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी, कृषक कृत बहादुर थापा लगायतले वोलेका थिएभने कार्यक्रमको सञ्चालन पोखरा महानगर पशु सेवा शाखाका नवराज अधिकारीले गरेका थिए ।












