महिला ट्राफिक प्रहरीले महिनावारीको समयमा चार दिन छुट्टी पाउने

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
महिला ट्राफिक प्रहरीले अब महिनावारीको बेलामा चार दिन छुट्टी पाउने भएका छन । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै गृहमन्त्री रबि लामिछानेले सामाजिक सञ्जाल मार्फत महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटि गर्न नपर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन ।महिला ट्राफिक प्रहरीको साटो मापसे गरी ट्राफिक उल्लंघन गर्नेहरले स्वयंसेवकको रुपमा सडकमा सघाउने समेत उनले बताएका छन ।


गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

  • १५ जेष्ठ २०८१, मंगलवार १३:५९ प्रकाशित