पोखरा ।
मर्दी खोलामा पौडी खेल्न गएका शिव थापा मगरको डुबेर ज्यान गएको छ। आइतबार दिउँसो मर्दी खोलामा पौडी खेल्ने क्रममा कास्कीको माछापूच्छ्रे गाउँपालिका–५ रिभानस्थित आनन्द ठाँटी बस्ने ४९ वर्षीय थापामगरको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
थापामगरको शान्तिघाट नजिक मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । पौडी खेल्ने क्रममा खोलामा डुबेर ज्यान गएका थापामगरको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा लगिएको कास्की प्रहरीले जनाएको छ ।












