न्यायिक सरोकार मञ्चमा गण्डकीबाट ६ जना मनोनित

केन्द्रभाग मिडिया

पोखरा ।

मानव अधिकार एवम् कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालको केन्द्रिय कमिटिमा गण्डकी प्रदेशबाट थप ६ जना केन्द्रिय कमिटिमा मनोनित भएका छन् । जसमा कास्कीबाट सुरज कुमार गुरुङ, रत्नबहादुर कार्की र दिपेन्द्र गुरुङ, तनहुँबाट खेमबहादुर आले, स्याङ्जाबाट देवराज घिमिरे र लमजुङबाट सुर्य बहादुर गुरुङ रहेका छन् ।

कैदिबन्दिको मानव अधिकार हनन हुन नदिन र अन्यायमा परेका कैदीबन्दीहरुको न्यायिक हकअधिकारको रक्षाको लागि स्थापना भएको मञ्चका गण्डकी प्रदेश संयोजक नलबहादुर गुरुङले वताए ।केन्द्रिय कमिटिमा मनोनित सबैलाई आइतबाट एक कार्यक्रमको आयेजना गरी संयोजक गुरुङले परिचयपत्र, ज्याकेट, नोटबुक र कलम हस्तान्तरण गरेका थिए ।

मञ्चले छिट्टै गण्डकी प्रदेश र प्रदेश भित्रका ११ वटै जिल्लामा कमिटि गठन गर्न गृहकार्य चलिरहेको पनि संयोजक नलबहादुर गुरुङले वताए ।

  • १३ जेष्ठ २०८१, आईतवार २१:१८ प्रकाशित