जनताको भलो हुने काममा मेरो ध्यान छ : मुख्यमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो ध्यान जनताको भलो हुने काममा रहेको बताएका छन । मादी गाउँपालिका वडा नम्बर ७ मा निर्मित थाक समाजघरको शनिबार समुद्घाटन गर्दै उनले धेरैं बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा रहेको समेत खुलाए ।

‘बाटो निर्माण भइरहको छ, यसलाई सिक्लेससम्म पु¥याउने कोसिस गर्नेछौं, खानेपानी लगायतका यहाँका समस्याको बारेमा म जानकार छु, ती समस्या समाधान गर्न निरन्तर लाग्नेछु’ उनले भने ।

मादी गाउँपालिकामा विकास निर्माण काम तीव्रताका साथ गर्दै जाने प्रतिवद्धता समेत ब्यक्त गरे । गण्डकी प्रदेशका सबै जनतालाई सरकारको महसुस गराउने खालको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने तयारी भैरहेको समेत मुख्यमन्त्री अधिकारीले खुलाए ।

गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङले जनताले भोग्नु परेका समस्या समाधान गर्न आफ्नो तर्फबाट काम गरिरहेको बताए । आफू सोही क्षेत्रको जनप्रतिनिधि समेत रहेको कारण जनताका सुख दुःखलाई नजिकबाट बुझेरनै प्राथमिकताको आधारमा काम गर्न कस्सिएको समेत बताए ।

समाजघर निर्माणमा सहयोग गर्ने दानविर, जग्गादातालाई मन्त्री गुरुङले सम्मान समेत गरे ।

  • १२ जेष्ठ २०८१, शनिबार २०:०८ प्रकाशित