राजनीति र सञ्चार क्षेत्र शंकारहित हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शंकारहित हुनुपर्ने बताएका छन । शनिबार नेपाल पत्रकार महासंघ कास्कीको १७ औँ साधारण सभा एवं १२ औं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पारे । एकोहोरो रुपमा लाग्दा एक रथका दुई प्राङ्गाको रुपमा रहेका दुवै क्षेत्र शंकाको घेरामा पर्ने तर्क उनको छ ।

‘हामी कानून र विधिका कुरामा एकतावद्ध भएर जान्छौ । तर, हामीलाई तपाईले सचेत गराउनैपर्छ’ उनले भने । उनले सञ्चार क्षेत्र आवाजविहीनहरूको आवाज माथि उठाउन, विना पूर्वाग्रह, विना पक्षधरता व्यावसायिक तरिकाले खरो रुपमा उत्रनेछ भन्ने शुभेक्क्षा व्यक्त गरे । ‘केही विषय त्यसरी नै उठाउँदा कहीँ फरक त परेन भनेर समीक्षा गर्नुभयो भने हामी समीक्षा गर्न आफू बाध्य हुन्छौ’ उनले भने ।

सन्तुलन नगुमाई, आवेगमा नआई, आफ्नो परिपक्कता राजनीतिक क्षेत्र तथा सञ्चार क्षेत्रले देखाउनुपर्ने भन्दै यसको लागि साथ र सहयोग गर्ने आश्वासन समेत दिए ।
‘राजनीतिक अधिकार प्राप्तिको एजेण्डा व्यवस्थित भैसकेपछि आर्थिक एजेण्डालाई पहिलो बनाएर अगाडि बढ्ने क्रममा यसका केही परिपक्कता अझै बाँकी छ, त्यसलाई हामी परिपक्क बनाउन कोशिस गरिरहेका छौँ’ अधिकारीले थपे ।

 

  • १२ जेष्ठ २०८१, शनिबार १९:५७ प्रकाशित