पोखराका ४ पत्रकारलाई दीर्घ पत्रकारिता सम्मान

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले १७ औं साधारण सभाको अवसरमा ४ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।पोखराका अग्रज पत्रकारहरु शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान अर्पण गर्न लागेको हो । पत्रकारिता क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान गर्न लागिएको पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

नेपाल पत्रकार महासंघ कास्कीको संस्थागत विकासका साथै पत्रकारिता क्षेत्रको समग्र उन्नयनमा लामो समयदेखि उहाँहरुले योगदान दिनुभएको छ । त्यसैले हामीले उहाँहरुलाई सम्मान गर्न लागेका हौं,’ उनले भनीन् । उनीहरुलाई नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारण सभा १२ औं अधिवेशनको अवसरमा शनिबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको उपस्थितीमा सम्मान अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

  • ११ जेष्ठ २०८१, शुक्रबार २१:३७ प्रकाशित