पोखरा ।
कास्की प्रहरीले लागू औषध ब्राउन सुुगर सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १३ मियापाटन बस्ने ३७ वर्षिउ बैतुल करिम मिया, सोही ठाँउको २६ वर्षिय अस्मित ढुुंगाना र बाँके घर भइ पोखरा १३ मियापाटन बस्ने वर्ष ३६को अब्दुुल कमाल रहेका छन ।
कास्कीको विभिन्न स्थानमा लागू औषध ब्राउन सुुगरेको खरिद बिक्री भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले सोमबार अपराह्न ३ बजे पोखरा १४ बिपिमार्गबाट पोखरा १३ मियापाटन बस्ने ३७ वर्षिउ बैतुल करिम मिया, सोही ठाँउको २६ वर्षिय अस्मित ढुुंगाना र बाँके घर भइ पोखरा १३ मियापाटन बस्ने वर्ष ३६को अब्दुुल कमालको साथबाट लागू औषध ब्राउन सुुगर ५ ग्राम ९ सय मिलिग्राम, डिजिटल तराजुु १ थान, मोबाईल ४ थान, पावर बैंक १ थान र नगद २६हजार सहित फेला पारी नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई लागू औषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको समेत शर्माले बताए ।












