‘म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर’

केन्द्रभाग मिडिया

काठमाडौं ।
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । धादिङको गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । म्याक्स टाइगरले दसैँको अवसरमा सञ्चालन गरेको अभियानअन्तर्गत क्यान खोलेर पुरस्कार जित्ने अवसर पाएका उपभोक्तामध्ये उनीहरू प्रारम्भिक चरणका विजेता बनेका हुन् ।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत म्याक्स टाइगरले ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

पुरस्कार जितेपछि आफ्नो अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता सञ्जोग रिमालले क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने नसोचेको बताए । उनले भने, ‘क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेको थिइनँ। पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन। यसपालिको दसैँ म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो ।’

कम्पनीका अनुसार दसैँको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानमा सहभागी उपभोक्तामध्ये भाग्यशाली विजेता छनोट हुने क्रम जारी रहेकाले आगामी दिनमा थप उपभोक्ताले पुरस्कार जित्ने अवसर पाउनेछन् ।

म्याक्स टाइगरको प्रत्येक क्यानसँग जोडिएको सरप्राइजले उपभोक्तामा थप उत्साह जगाएको कम्पनीको भनाइ छ । यस दसैँमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि’ भन्ने उत्सुकता पनि बढिरहेको छ ।

  • २७ आश्विन २०८३, मंगलवार १८:२७ प्रकाशित