पेमा धेछेन्लिङ गुम्बामा धार्मिक प्रवचन

केन्द्रभाग मिडिया

पोखरा ।
२५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसरमा आयोजित धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पेमा धेछेनलिङ गुम्बामा गुरुङ लामा सघं नेपालको अध्यक्ष धर्म गुरु खेन्पो शिर लामाद्धारा बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना प्रवचन गरेका थिए ।

बुद्ध जयन्ती मूल समारोह समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बैदाम तामाङ सेवा समाजले धार्मिक प्रवचन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको शुरुवात धर्म गुरु खेन्पो शिर लामाद्वारा बत्ति (छुमे) बालेर तथा पोखरा महानगरपालिका वडा नं–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले कोकोम्हेन्दोको फुल बर्साएर गरेका थिए ।

गुरु खेन्पो शिर लामाले बुद्धको जन्म र बुद्धत्व बारे विशेष प्रवचन दिएका थिए । कार्यक्रममा बुद्ध जयन्ती समारोह समितीका अध्यक्ष क्याप्टेन चन्द्र प्रसाद गुरुङ, वडा नं ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराई, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रिय उपाध्यक्ष दिपक वाईवा, खहरे आमा समुहका अध्यक्ष शान्ती पहारी लगायतले बोलका थिए ।

बुद्ध जयन्ती समारोह समितीका अध्यक्ष क्याप्टेन चन्द्र प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम मिस तामाङ पोखरा २०२३ का बिजेता एवमं बैदाम तामाङ सेवा समाजका सहसचिव रोश्मा तामाङले सन्चालन गरेका थिए ।

  • ६ जेष्ठ २०८१, आईतवार २०:५९ प्रकाशित