अभद्र व्यवहार मुद्धामा फरार तामाङ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
सार्वजनिक स्थलमा गालीगलौज तथा हातपात गर्ने पोखरा २९ का जिवन तामाङलाई कास्की प्रहरीले लेकसाइडको हल्लनचोकबाट पक्राउ गरेको छ ।

पोखराको मालपोत कार्यालय अगाडी सार्वजनिक स्थलमा एकजना मानिसलाई डर धाक धम्की दिइ गालिगलौज गरेको र हातपात समेत गरी जीउज्यानको सुुरक्षामा असर पुुग्ने किसिमले अभद्र व्यवहार गरेको कसुरमा पोखरा २९ भण्डारढिक बस्ने ३१ वर्षिय जिवन तामाङलाई जेठ ५ गते पोखरा स्थित हल्लनचोक स्थित एक रेष्टुुरेण्टबाट जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई सार्वजनिक हित स्वास्थ्य, सुुरक्षा सुुविधा तथा नैतिकता बिरुद्धको कसुर(अभद्र) ब्यवहारमा मुद्धामा अनुुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरीले जनाएको छ ।

  • ५ जेष्ठ २०८१, शनिबार १८:२३ प्रकाशित