महेन्द्रपुल यु २३ बास्केटबल सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
महेन्द्रपुल युथ क्लबको आयोजनामा पहिलो पटक यु२३ खुल्ला बास्केटबल प्रतियोगिता सुरु भएको छ । क्लबले पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा फाइभ वाई फाइभ बास्केटल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन दुई क्वाटरफाइनलका खेलसहित कुल सात खेल सम्पन्न भएका छन् ।

पहिलो क्वाटरफाइनल खेलमा समूह वि मा रहेको अर्चलबोले हरिनाशलाई ५३–४१ को स्कोरटमा पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ए तर्फ पर्वतले अर्घौ पुन मगर समाजलाई ५९–३८ को स्कोरमा हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । त्यसअघि भएको प्रिक्वाटरफाइनल खेलमा पहिलो खेलमा अर्चलबोटले गलेश्वरलाई ५१–३७ र पर्वतले घोरेपानीलाई ५६–५० ले हराएको थियो ।

अन्य प्रिक्वाटरफाइनलका खेलमा आयोजक महेन्द्रपुल क्लबले गगनगौडालाई ४९–४२, केविए सेतोले सिक्लेसलाई ५५–३०, पिप्ले बास्केटबल क्लबले केविए कालोलाई ६०–२८ को स्कोरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको बाकीँ क्वाटरफाइनलका खेल सँगै सेमीफाइनल र फाइलन खेल भोलि (शनिबार) हुनेछ ।

खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मन्जुदेवी गुरुङले महेन्द्रपुल युवा क्लवले स्थापना कालदेखीनै विभिन्न सामाजिक कामहरु गर्दै आइरहदा अहिले आएर खेलकुद कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरिन । नेपालमा सवैले मन पराउने लोकप्रिय खेल बास्केटवल प्रतियोगिताको आयोजना गरी खेलको प्रवद्र्धन संगै खेलाडी उत्पादनमा समेत लागेकोमा धन्यवाद ब्यक्त गर्दै महानगरको तर्फबाट हुने सहयोग रहने वताइन ।

महेन्द्रपुल युथ क्लबका अध्यक्ष आनन्द कुमार तझ्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिकल शाहीले स्वागत मन्तब्य राखेका थिएभने बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष जुमकाजी गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति लगायतले बोलेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका सचिव राजु कायस्थले गरेका थिए ।

१३ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताका बिजेताले ४० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने प्रतियोगितामा हाइस्कोरर र मस्ट भ्यालुएवल प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सेजल जोजीजुले जानकारी दिए ।

  • २८ बैशाख २०८१, शुक्रबार १९:५९ प्रकाशित