अमेरिका पठाउँछौँ भन्दै बन्धक बनाई साढे ५ करोड ठग्ने ३ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएर बन्धक बनाएको पाइएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पा, १९ वर्षीय निमा शेर्पा र भोटेकोसी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पा छन् ।

उनीहरुले १० जनाबाट ५ करोड ५० लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।

अरुण तामाङ सहितका १० जनालाई उनीहरूले केन्याको नैरोबी हुँदै जिम्मरमान भन्ने ठाउँमा पठाएर बन्धक बनाएका हुन् । त्यहाँ बिचौलियाहरूले दुई वटा फ्ल्याटमा पीडितहरूलाई ६ महिनासम्म राखेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए ।

  • २८ बैशाख २०८१, शुक्रबार १४:२४ प्रकाशित