मुख्यमन्त्रीको ‘पिए हुँ’ भनी ठगी गर्ने सुवेदी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
मुख्यमन्त्रीको ‘पिए हुँ’ भनी विभिन्न ब्याक्तिलाई ठगी गर्ने युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने कास्की पोखरा महानगरपालिका ३१ का २८ वर्षिय सुवास सुवेदीलाई कास्की प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।

सुवेदीले पोखरा ६ लेकसाइडमा रहेको एके टुर्स एण्ड ट्राभल्स प्रा.लि.मा फोन गरी म मुख्यमन्त्रीको पिय हुँ , तुरुन्तै पोखरा काठमाण्डौ र काठमाण्डौ नेपालगञ्जको हवाइ टिकट बुक गरिदिनुस पैसा म क्युआर कोड मार्फत पठाइदिन्छु भनी टिकट काट्न लगाएको र पछि पैसा नपठाइ ठगी गरेको भन्ने जाहेरीको आधारमा सुवेदीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सुवेदीले एके टुर्स ट्राभल्स सहित अन्य दुई वटा ट्राभल्समा समेत ठगी गरेको पाइएको र सुवेदी मार्फत अन्य कोही ठगिएको भए वडा प्रहरी कार्यालयमा जाहेरी दिन समेत आग्रह गरेका छन ।

अनुसन्धानको क्रममा सुवेदीले आफ्नो मोवाइलमा विभिन्न प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री तथा विभिन्न ओहोदानका ब्याक्तिहरु संग तस्विर खिचाउने र विभिन्न ब्याक्तिहरुलाई म फलानोको पिय हुँ भनी विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा समेत ठगी गरेको पाइएको प्रहरी प्रमुख श्रेष्ठले वताए ।

मंगलबार काठमाण्डौबाट पक्राउ परेका सुवेदीलाई अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी मुद्धामा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको प्रहरीले जनाएको छ ।

  • २७ बैशाख २०८१, बिहीबार २०:३७ प्रकाशित