पोखरा महानगरले प्रहरीलाई बुझायो सूर्यदर्शन सहकारी पीडितको प्रतिवेदन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले सूर्यदर्शन सहकारीको वित्तीय अपचलन मुद्धामा वित्तीय स्थितिका विषयमा प्रस्तुत थप विश्लेषणात्मक प्रतिवेदन प्रहरीलाई बुझाएको छ ।

विहीबार राति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्मालाई उक्त प्रतिवेदन बुझाएको हो । मेयर आचार्यले विगत लामो समयदेखी विज्ञसहितको टोली राखेर प्रतिवेदन बुझाएको र अब प्रहरीले नै अनुसन्धान गर्ने बताए ।


‘खासगरी सूर्यदर्शन सहकारी लिमिटेडबाट पिडित हुनुभएका साथिहरुले हामीलाई निवेदन प्राप्त भएपछि यस्को विस्तृत रुपमा के भएको हो भनेर हामीले चार्टर एकाउन्टेन, वीत्तिय साथीहरु र नेपाल प्रहरीको सिआईबीबाट तोकेर आउनुभएको साथिहरुले पोखरा महानगरपालिकाको सहकारी समितिको रोहवरमा उसले तोकेको प्रतिनिधिको सहभागितामा यसको छानविन गरेर एउटा प्रतिवेदन प्राप्त भएको छ’ मेयरले भने, ‘जम्मा ३४ सय १९ पेजको ९ वटा ठेली प्रतिवेदन प्राप्त भएको छ यसका के छ भन्ने कुरा हामीलाई थाहा छैन अब प्रहरीलाई हामी प्रदान गरेका छौं ।’

उनले औपचारिक रुपमा बुझाएको बताए । कोहि पनि अन्यायमा पर्न नहुने र कोहि दोषि उम्कन नहुने उनले बताए ।सहकारी पिडित तथा सहकारी पिडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले माघ २० गते सहकारी ठगी प्रकरणमा पुरक छानविन गर्न पोखरा महानगर पालिका, प्रहरीसहितको टोलीले प्रतिवेदन तयार पारेको बताए ।

  • २७ बैशाख २०८१, बिहीबार २०:१७ प्रकाशित