अमरसिंह चौरमा रोकी राखेको बसमा लगी महिलालाई बलात्कार गर्ने तीन युवा पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
सोमबार राति पोखराको अमरसिंह चौरमा पार्किङ गरि राखेको सार्वजनिक बसमा एक महिलालाई लगेर जबरजस्ती करणी गर्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा कास्की मादी गाउँपालिका ९ स्थायी घर भइ हाल पोखरा १० अमरसिंह चोक बस्ने ३६ वर्षिय चन्द्र बहादुर थापा, कास्की मादी गाउँपालिका १२ भगवतीटारका ३८ वर्षिय कृष्ण रानाभाट र भगवतीटारकै २९ वर्षिय विनोद परियार रहेका छन । कास्की प्रहरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यसको बारेमा जानकारी दिएको हो ।

पक्राउ परेका तीन युवाले काठमाण्डौबाट पोखरा आएकी युवतीलाई सोमबार सांझ पोखराको अमरसिंह चोकमा भेट भइ खाजा खान जाने बहाना बनाइ युवतीलाई बसभित्र लगी पालै पालो करणी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए । अमरसिंह चौरमा पार्किङ गरि राखेको ग १ ख ६५९५ नम्बरका बस भित्र एक महिलालाई लगि वियर समेत सेवन गर्न लगाइ ३ जनाले पालैपालो करणी गरेको अवस्थामा अमरसिंह चोकबाट खटिएको सिआरभीको प्रहरी टोलीले वडा प्रहरी कार्यालय रामबजारमा बुझाएको थियो ।

सिआरभीको टोलीले बसलाई भित्रबाट बन्द गरेको अवस्थामा भेटेपछि उक्त बसमा शंकास्पद गतिविधी भइरहेको भन्ने भान भएपछि प्रहरीले उक्त बसको खानतलास गर्ने क्रममा महिला नग्न अवस्थामा भेटिएको र सोधपुछको क्रममा ती महिलाले तीनजना पुरुषले पालैपालो करणी गरेको वताइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतबाट जबरजस्ती करणी सामुहिक मुद्धामा म्याद थप गरी अनुसन्धान अगाडी वढाइएको समेत कास्की प्रहरी पवक्ता प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए ।

  • २७ बैशाख २०८१, बिहीबार १८:५७ प्रकाशित