पोखरा घर निर्माणको काम सुरु, यस्तो बन्नेछ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं–९ पृथ्वीचोकमा पुस्तकालय र आर्ट ग्यालरी सहितको पोखरा भवन निर्माणको काम सुरु भएको छ ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच गत २७ फागुनमा शिलान्यास गरेकोमा अहिले निर्माणको कार्य अगाडि बढेको महानगरका पूर्वाधार महाशाखा प्रमुख इ. सुरेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार पोखरा घरको निर्माण १८ महिना भित्रमा निर्माण कम्पनीले सक्नुपर्ने छ । अण्डर ग्राउण्डसहित पाँच तलाको बन्ने उक्त भवनमा अण्डर ग्राउण्डमा ३१५.६२ स्क्वायर मीटर क्षेत्रमा ४० वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ । २८४.४९ स्क्वायर मीटर क्षेत्रफलको पहिलो तलामा कोसेली घर र सूचना केन्द्र रहनेछ ।

३३४.८९ स्क्वायर मीटर क्षेत्रफल रहने दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, ३३४.८९ स्क्वायर मीटर क्षेत्रफल रहने तेस्रो तलामा आर्ट ग्यालरी र मिटिङहल बन्ने छ । त्यस भन्दा माथि घण्टा घर रहने छ ।

 

  • २७ बैशाख २०८१, बिहीबार १८:२५ प्रकाशित