पोखरा १४ मा महिलाहरुलाई लक्षित गरी ३५ दिने तालिम सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं १४ भित्र रहेका आमा समुहमा आवद्ध महिलाहरुलाई लक्षित गरी ३५ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ । वडाले महिला दिदी बहिनीहरुलाई उनीहरुकै समुहमा पुगी महिला सशक्तीकरण, उद्घोषण कला, कानुनी सचेतना, र नेतृत्व बिकास तालिम प्रदान गर्ने भएको हो ।

तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले वडाभित्र महिला दिदी बहिनीहरुमा तालिमको अभावमा विभिन्न समस्याहरु व्यहोर्नुपरेको वताउदै विभिन्न किसिमको तालिमको आयोजना गरिएको बताए । विशेष गरी महिला दिदी बहिनीहरु पछिल्लो समय ठगीको शिकार बनेको वताउदै महिलाहरुलाई कानुनी सचेतनामा कमी हुदा विभिन्न समस्याहरु भोग्नुपरेकाले महिला दिदी बहिनीहरुलाई लक्षित गरी ३५ दिने तालिमको आयोजना गरिएको. बताए ।

अध्यक्ष कार्कीले भने महिला दिदीबहिनीहरुलाई यस पटक वडाको भवनमा बोलाएर हैन महिला उहाँहरुको घर छिमेकमा पुगी विभिन्न किसिमको तालिम प्रदान गर्नेछौ । महिलाहरुलाई लक्षित गरी महिला सशक्तीकरण, उद्घोषण कला, कानुनी सचेतना र नेतृत्व बिकास सम्बन्धी तालिम दिने बताउदै कार्कीले यो वर्ष देखी यस्ता तालिमहरुलाइ निरन्तरता नदिने समेत बताए । यस अघिपनि महिला दिदी बहिनीहरुलाई ब्यवशायीक तालिमहरु प्रदा नगरिएको र अव छिट्टैनै वडाभित्र प्लम्बर उत्पादन गर्ने गरी प्लम्बर तालिम र २५ जनालाई दुई महिने ब्यूटिसियन तालिम प्रदान गर्ने समेत कार्कीले बताए ।

वडाका कर्मचारी नानु लामिछानेले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य दिल माया गुरुङले स्वागत मन्तब्य राखेकी थिइनभने वडा सदस्यहरु तनुजा थापा सिके, गोपाल प्रसाद सापकोटा, कृष्णहरी काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिएभने समाजसेवीहरु उमा थापा, इन्द्रमाया बानियाँ, मिरादेवी आचार्य लगायतको उपस्थिती रहेको थियो ।

बैशाख २७ देखी जेठ ३२ गते सम्म सञ्चालन हुने उक्त तालिममा वडा भित्र रहेका ७० वटा आमा सम्ुहमा आवद्ध महिला दिदी बहिनीहरुलाई विभिन्न समुह चरणमा राखेर तालिम प्रदान गरिने वडा सदस्य तनुजा थापा सिकेले जानकारी दिइन ।

  • २७ बैशाख २०८१, बिहीबार १८:१८ प्रकाशित