दुई तिहाई केन्द्रीय कार्यसमिति सदस्य हामीसंगै छन् : उपेन्द्र यादव

केन्द्रभाग मिडिया

पोखरा ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइ केन्द्रीय कार्यसमिति सदस्य आफ्नो पक्षमा रहेको बताएका छन् ।

पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले पार्टी फुटायौँ भनेर प्रचार गर्नेहरूको पक्षमा जनमत नहुने समेत उल्लेख गरे।

‘लाखौं पार्टीका सदस्य, केन्द्रीय समितिमा दुई तिहाई भन्दा बढी संख्या हामीसंगै छ । कार्यकारिणीमा बहुमत छ । ५/७ जना संसदलाई मन्त्रि बनाउने प्रलोभन देखाएर ठूलै खर्च गरेर पार्टी फुटाएँ भनेर जुन किसिमले प्रचार गरिएको छ, त्यस प्रकारको भ्रममा नेता कार्यकर्ता पर्दैनन् । पार्टी आउँदा दिनमा अझ सुद्धिढ गरेर जान्छौं’ उनले भने ।

 

 

  • २६ बैशाख २०८१, बुधबार १४:४१ प्रकाशित