पोखरा ४ भित्रका जेष्ठ नागरिकको स्वास्थ्य जाँच संगै सम्मान

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नं चार भित्र रहेका जेष्ठ नागरिकको स्वास्थ्य जांच संगै जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले सम्मान गरेको छ ।जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य जाँच तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं चारका अध्यक्ष देवकृष्ण पराजुलीले जेष्ठ नागरिक भनेको आफुहरुको पथदर्शक भएको वताउदै ज्येष्ठ नागरिकको हक, हित र संरक्षणको लागि वडा भित्र जेष्ठ नागरिक सञ्जाल गठन गर्ने बताए ।

वडा भित्रको जेष्ठ नागरिकहरुको गुनासो, उनीहरुको आवश्यक्तालाई मध्येनजर गरी जेष्ठ नागरिक सञ्जाल गठन गरी उक्त सञ्जाल मार्फत जेष्ठ नागरिकको क्षेत्रमा वडाले काम गर्ने अध्यक्ष पराजुलीको भनाइ रहेको थियो ।सो अवसरमा वोल्दै जेष्ठ नागरिक कृष्णमान पालिखेले आफुहरुलाई वडाले सम्मान गरेकोमा खुसी ब्यक्त गर्दै वडा नं ४ ले विगतका वर्षहरुमा समेत विभिन्न पर्यटकीय क्षेत्रमा भ्रमण गराएको स्मरण गर्दै जेष्ठ नागरिक प्रति वडा कार्यालयले देखाएको सदासयताको प्रशंसा समेत गरे ।

सो अवसरमा ७५ वर्ष माथीका १ सय ४३ जनाको रक्तचाप र मधुमेहको परिक्षण गरिएको थियोभने १ सय ३३ जनालाई सम्मान गरिएको सहरी स्वास्थ्य केन्द्र पोखरा ४ का प्रमुख सुजन पौडेलले जानकारी दिए ।वडा सदस्य प्रकाश कोइरालाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सुजता शर्मा ढकालले गरेकी थिइनभने कार्यक्रममा वडा सदस्य पार्वती माकाजुले स्वागत मन्तब्य राखेकी थिइन ।

 

  • २५ बैशाख २०८१, मंगलवार २१:०७ प्रकाशित