सर्वदलीय बैठक

रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको अडान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलहरूको बैठकमा कांग्रेसले आफ्नो पुरानो माग दोहोर्‍याएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हामीले संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएका छौँ । सहकारीको ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा चारैतर्फबाट देखिएको अवस्था छ ।’

गृहमन्त्रीलाई शंकाको सुविधा दिएको भन्दै राजीनामा नमागेर संसदीय छानबिन समिति गठनको माग गरेको उनको भनाइ छ ।

‘उहाँलाई अहिले नै मुद्दा चलाइहाल्नुपर्छ पनि भनेका छैनौं । तर, उहाँको विषयमा प्रश्न उठिसकेपछि कमसेकम संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्छ भन्ने कुरा हामीले राखिरहेका छौँ ,’ उनले भने, ‘सरकार संसदीय छानबिन समिति बनाउनुपर्छ । सरकारले बनाउँछ भन्ने हामीले विश्वास लिएका छौँ ।ु

रुपन्देहीको जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले प्रस्तुत गरेको अभियोग पत्रको ठाउँ–ठाउँमा रवि लामिछानेको नाममा कुनै पनि प्रक्रिया नपुर्‍याएर ऋण गएको लेखकले बताए ।

  • २५ बैशाख २०८१, मंगलवार १५:४४ प्रकाशित