गण्डकीमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त दुई मन्त्रीले लिए सपथ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्री वेदबहादुर गुरुङ र सीता सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिए ।

गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् । दुवै जना एमाले कोटाबाट मन्त्री बनेका हुन् ।

योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ । यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री बनेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

अन्य मन्त्रालय भने मुख्यमन्त्री अधिकारी आँफैसंग राखेका छन् ।

  • २४ बैशाख २०८१, सोमबार १७:४३ प्रकाशित