गण्डकीमा एमाले कोटाबाट २ मन्त्री थपिदैँ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीमा २ जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप्न लागेका हुन् ।

उनले पुरानै मन्त्रीलाई निरन्तरता दिने बुझिएको छ । वेदबहादुर गुरुङ र सीता सुन्दासलाई दोहोर्‍याउन लागिएको एमाले स्रोतले जनाएको छ ।

बेद उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सीता सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् । दुबै जना अधिकारीनिकट मानिन्छन् । उनीहरूको शपथ साढे ४ बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

  • २४ बैशाख २०८१, सोमबार १६:०० प्रकाशित