सभामुखद्धारा शीर्ष नेताहरूको बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएका छन् ।

आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।संसदको बर्खे अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।

  • २४ बैशाख २०८१, सोमबार १४:०० प्रकाशित