माधव नेपालले बोलाए संसदीय दलको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले आज अपराह्न दलको बैठक बोलाएका हुन् ।

नेकपा एमालेबाट अलग भएर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । निर्वाचन आयोगले २०७८ भदौ ९ गते एकीकृत समाजवादी नामको पार्टी दर्ता गर्ने निर्णय गरेको थियो ।

  • २४ बैशाख २०८१, सोमबार १०:५७ प्रकाशित