पोखरामा पौडी खेल्ने क्रममा डुवेर एकैदिनमा दुइको मृत्यू

केन्द्रभाग मिडिया

पोखरा ।
आइतबार पोखराका दुई युवाको पौडी खेल्ने क्रममा डुवेर ज्यान गुमाएका छन । पोखरा १७ फुस्रेखोला र पोखरा १८ हर्पन खोलामा गरी दुई युवको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यू भएको हो ।
फुस्रे खोलामा पौडी खेल्ने क्रममा पोखरा ८ नागढुंगा बस्ने सुप्रिम पौडेल र पोखरा ५ मालेपाटन बस्ने सोनम सुवेदीको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । खोलामा डुवेका दुवै जनाको शव शसस्त्र प्रहरी बल कालिका गणको टोलीले उद्धार गरेको थियो ।

मृतक दुवै एसइइ दिएर बसेको पाइएकाले आफ्ना नानीबावुहरुलाई निगरानीमा राख्न समेत कालिका गणका गणपति एपसी अरुण शर्माले आग्रह गरेका छन ।
मृतक दुवैको शव पश्चिमाञ्चल हस्पिटलमा पोष्टमार्टमका लागि लगिएको छ ।

  • २३ बैशाख २०८१, आईतवार १८:४५ प्रकाशित