मराम्चे सामुदायिक जंगलमा आगो लगाउने पौडेल पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
खरबारीको पाखोमा सुकेको घस्यौटामा आगो लगाउदा अनियन्त्रित भइ सामुदायिक जंगलमा आगोलागी भएपछि अन्नपूर्ण गाउँपालिका ३ मराम्चेका अगन्दर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । स्थानियले मराम्चे सामुदायिक बनमा आगो लागेको सुचना दिएपछि आगो लगाउने ब्याक्तिलाई खोजतलास गर्ने क्रममा पौडेल पक्राउ परेका हुन ।

पक्राउ परेका पौडेललाई सोधपुछ गर्दा उनले मराम्चे सामुदायिक जंगल संगै जोडिएको आफ्नै खरबारी पाखोमा सुकेको घस्यौटामा आगो लगाएको र उक्त आगो अनियन्त्रित भइ सामुदायिक जंगलमा पुगेको प्रारम्भिक सोधपुछमा खुलेको प्रहरीले जनाएको छ ।

पौडेललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय बगरमा कास्कीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

  • २३ बैशाख २०८१, आईतवार १८:२० प्रकाशित