विप्लवको पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

पार्टीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा महासचिव विप्लवले विश्व शान्तिका लागि समाजवाद भन्ने नाराका साथ र्‍याली निकाल्न लागिएको बताए ।

अहिले तेस्रो विश्वयुद्धमा जान लागेको त होइन भन्ने चिन्ता रहेकाले विश्व शान्तिको पक्षमा र्‍याली निकाल्न लागिएको उनले बताए ।

  • १८ बैशाख २०८१, मंगलवार १६:५३ प्रकाशित