इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

केन्द्रभाग मिडिया

इलाम ।
इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । उनका प्रमुख प्रतिस्पर्धी खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत रह्यो ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए ।

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि गत वैशाख १५ मा यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

  • १८ बैशाख २०८१, मंगलवार ०६:३४ प्रकाशित