१२ कक्षाको परीक्षाको प्रश्नपत्र आउट गर्ने पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

हाल सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गर्ने पोखरा ११ का नारायण बास्तोला र रामचन्द्र बास्तोलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

बैशाख १६ गते पोखरा ११ फुलबारीमा रहेको शिवशक्ति मा.वि.मा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरी टोलीले प्रश्नपत्र आउट गर्ने पोखरा ११ फुलबारीका ३९ वर्षिय नारायण बास्तोला र सोही ठाँउका ३७ वर्षिय रामचन्द्र बास्तोलालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोवाइल फोन ३ थान सहित पक्राउ गरी शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा कास्की जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिइ थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

  • १७ बैशाख २०८१, सोमबार २१:२० प्रकाशित