गण्डकीका मुख्यमन्त्री अधिकारी विरुद्धको मुद्दामा बहस सकियो

आजै फैसला आउने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध नेपाली कांग्रेसले हालेको रिटमा बहस सकिएको छ । निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनीविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

दुवै पक्षका वकिलहरूले बहस गरिसकेका छन्। उक्त रिट उपर आजै फैसला हुने बताइएको छ । अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी गरेका थिए ।

सोही दावीका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री बनाएका थिए । सरकारको जोड घटाउमा सभामुखलाई गणना गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।

  • १७ बैशाख २०८१, सोमबार १५:४३ प्रकाशित