इलाम-२ मा एमालेका सुहाङले लिए अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।

इलाम क्षेत्र नम्बर २ मा जारी मतगणनामा अहिले एमालेका सुहान नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा उनले आग्रता लिएका हुन् ।

नेम्वाङले २५४२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले नेम्वाङलाई पछ्याइरहेका छन् । खड्काले २१९७ मत ल्याएका छन् । यसअघि भने लगातार नेपाली कांग्रेसका उम्मेदवार खड्काले अग्रता लिएका थिए ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन् । इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।  त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए ।

  • १६ बैशाख २०८१, आईतवार १९:०० प्रकाशित