इलाममा कांग्रेसको सुरुवाती अग्रता, बझाङमा एमाले अगाडि

केन्द्रभाग मिडिया

इलाम ।

इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

कांग्रेसका डम्बरबहादुर खड्का ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

यो मत परिणाम फाकफोथुम–१ वडाको गणना हुँदा आएको हो ।

बझाङमा एमालेको सुरुवाती अग्रता

बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् । यो मतपरिणाम छबिसपाथिभेरा–२ को हो ।

  • १६ बैशाख २०८१, आईतवार १५:३० प्रकाशित