इलाम–२ : सर्वदलीय बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना अघि सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिए लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिएका छन् ।

सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित छन् । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा बसेको बैठकमा सहमति जुटाएर मतगणना थालिने छ । सबै प्रक्रिया पूरा गरेर बिहान ११ बजेपछि गणना शुरु गर्ने तयारी छ ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

  • १६ बैशाख २०८१, आईतवार ०८:५५ प्रकाशित