हेमजामा बस दुर्घटना, १९ यात्रु घाइते

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा–बागलुङ राजमार्ग अन्तर्गत हेमजा सडक खण्डमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर १९ जना घाइते भएका छन् ।

घाइते मध्ये १६ जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माका अनुसार बागलुङबाट तनहुँका लागि छुटेको ग १ ख ९२९७ नम्बरको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको हो ।

प्रहरी प्रवक्रा शर्माका अनुसार बस साँझ ७ः३० बजेको समयमा डिभाइडरमा ठोकिएर अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

  • १५ बैशाख २०८१, शनिबार २१:४४ प्रकाशित