बझाङ १ मा ५० प्रतिशत मत खस्यो, मतगणना भोलि

केन्द्रभाग मिडिया

काठमाडौं ।

शनिवार सम्पन्न बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा करिब ५० प्रतिशत मत खसेको छ । शनिवार सम्पन्न मतदानमा ३० हजार ३ सय को हाराहारीमा मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । टाढाका मतदान केन्द्रबाट विवरण नआएकाले यकिन संख्या पत्ता लाग्न नसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

यद्यपि प्रारम्भिक विवरणमा ४९.१२ प्रतिशतले मतदान गरेको विवरण आएको कार्यालय स्रोतको भनाइ छ । बझाङमा आइतबार मात्र मतगणना गर्ने तयारी छ । विकट क्षेत्रमा रहेको सैपाल गाउँपालिकाको मतपेटिका आइतबार हेलिकप्टरबाट ल्याएपछिमात्र मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • १५ बैशाख २०८१, शनिबार १९:१० प्रकाशित