सवारी दुर्घटना गराइ फरार स्याङजाका गुरुङ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
स्कुटरले ठक्कर दिइ घाइतेलाई गाली गलौज गरी फरार रहेका स्याङजा बिरुवाका कुशल गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ६ गते दिउसो को समयमा गुरुङ सवार ग १२ प ३३९७ नम्बरको स्कुटर ले लेकसाईड स्थित शान्तिपाटन हुदै शहिदचोक जाँदै गर्दा सोही दिशातर्फ गइरहेको ग १३ प ४०९ नम्बरको स्कुटरलाई ठक्कर दिइ स्कुटरको पछाडि सवार पोखरा २७ बस्ने गायत्री थापालाई घाइते बनाइ उल्टै गाली गलौज गरी भागेका थिए ।

वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले बैशाख १३ गते कुशल गुरुङलाई स्कुटर सहित पक्राउ गरी अभद्र ब्यवहार सम्बन्धी मुद्धामा थप अनुसन्धान प्रकृया अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

शर्माका अनुसार गुरुङ सवार स्कुटरले गायत्री थापा सवार स्कुटरलाई ठक्कर दिएपछि घाइते भएको थापालाई उपचारको लागि अस्पताल लैजानुपर्नेमा नलगी बाटैमा लागी लगौज थरी छाडि गएपछि थापाले प्रहरीमा जानकारी गराएकी थिइन । थापाको जानकारी पश्चात वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सक्रियतामा गुरुङलाई पक्राउ गरेको हो ।

 

  • १४ बैशाख २०८१, शुक्रबार १७:०५ प्रकाशित