डढेलो नियन्त्रणमा सरकार संवेदनशील बनेन : नेता कोइराला

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको आरोप लगाएका छन् ।

डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए ।

सामाजिक सञ्जालमा उनले भनेका छन् – यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसक्यो, अरबौँको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ  ? नीतिमा कि व्यवहारमा रु सरकार किन यति संवेदनशील ?

  • १४ बैशाख २०८१, शुक्रबार ०९:३२ प्रकाशित