कर्णालीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ ।बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेशसभा वैठकमा बोल्दै विश्वासको मत दिन नसकिने बताए ।

‘मुख्यमन्त्रीज्यूले कर्णालीको समृद्धि र राजनीतिक स्थायित्वका लागि भन्दै हामीसंग पनि विश्वासको मत माग्नुभयो’, उनले भने, ‘तर उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौं ।’

  • १३ बैशाख २०८१, बिहीबार १६:४४ प्रकाशित