कतारका राजाद्धारा नेपाल सरकार र जनतालाई धन्यवाद

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले आफ्नो नेपाल भ्रमण सफल बनाएकोमा नेपाल सरकार र यहाँका जनतालाई धन्यावाद दिएका छन् ।

आफ्नो एक्स (ट्वीटर)मार्फत उनले मित्र राष्ट्र नेपालको पहिलो भ्रमणको क्रममा यहाँको ऐतिहासिक कुरा तथा आर्थिक अवस्थाको बारेमा जानकारी प्राप्त भएको बताउँदै उनले अतिथ्यका लागि उनले धन्यवाद दिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा आर्थिक सम्बन्ध तथा द्विपक्षीय सहयोगलाई अझ उचाइमा पुर्‍याउने विभिन्न विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन् ।

  • १२ बैशाख २०८१, बुधबार १७:०१ प्रकाशित