आज कस्तो विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६७ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ६० पैसा र बिक्रीदर ८ रुपैयाँ ६४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४६ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ ।

  • ११ बैशाख २०८१, मंगलवार १०:०० प्रकाशित