अपराध

पोखराको डिहिकोपाटनमा डेरा गरी लागू औषध कारोबार गर्ने ४ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ६ लेकसाईडमा लागू औषधको कारोबार भइरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् ।

वैशाख ३ गते दिउँसो २ बजेको समयमा डिहिकोपाटन नहरमार्गमा ग १२ प ३१४६ नम्बरको स्कुटरलाई रोकी चेक गर्दा पोखरा ३० शिशुवा बस्ने वर्ष २४का प्रकाश परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनको साथबाट ६ एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रकाशलाई सोधपुछ गर्दा नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ६ पिपरपातिका ४१ वर्षका राजकुमा तेली, दाङ घर भई हाल डिकोपाटन बस्ने वर्ष २० की हरिकला घर्ती र सोही ठाउँ बस्ने वर्ष १८ की दिया बुढा पक्राउ परेका छन् ।

दिया बुढाको डेरा कोठाबाट २७१ एम्पुल, फेनेरागन २८२ एम्पुल, ब्रुफिनुर्फिन २७८ एम्पुल गरी जम्मा ८३१ एम्पुल, नाईट्रोभ्याट २९८ चक्की लागू औषध, ३२,५ सय रुपैयाँ र विभिन्न कम्पनीका १० वटा मोवाईल बरामद भएको प्रहरीले जनाएको छ ।

चारै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

  • ७ बैशाख २०८१, शुक्रबार ०९:२८ प्रकाशित