गण्डकी बोडिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा दर्ता

केन्द्रभाग मिडिया

विद्यालय परिसरमा काट्टिएका रुख । तस्बिर: यदुनाथ बञ्जारा

पोखरा ।

गण्डकी बोडिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । कानुनविपरित विद्यालयभित्र रहेका रूख काटेर विक्री गरिएको भन्दै उनीहरु विरुद्ध मुद्दा दर्ता भएको हो ।

डिभिजन वन कार्यालय कास्कीले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । विद्यालय परिसरमा रहेको सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूख काटिएको थियो ।

अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरिएको पाएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।

वन कार्यालयले प्रधानाध्यापक खड्कासहित लोकबहादुर थापा, सोनी गुरूङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध हिजो मुद्दा दर्ता गराएको उनले बताए।

  • १ बैशाख २०८१, शनिबार १३:४२ प्रकाशित