सत्यनिरुपण र वेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समितिको सदस्य राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा। अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य सिफारिस समितिमा छन् ।

  • ३० चैत्र २०८०, शुक्रबार १६:३९ प्रकाशित