घुससहित पक्राउ परिन पोखरा महानगरकी सब–इन्जिनियर उषा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरमा कार्यरत सब–इन्जिनियर उषा किरण रोकाय घुससहित पक्राउ परेकी छन् । त्यसैगरी गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर पनि पक्राउ परेका छन् ।

घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले उषा किरणलाई पोखरा ५ बाट र कुँबरलाई महेन्द्रपुलबाट पक्राउ गरेको हो ।

उनीहरूलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

  • २९ चैत्र २०८०, बिहीबार १०:५३ प्रकाशित