काठमाण्डौबाट बेनी जाँदै गरेको बस दुर्घटना ७ घाइते

केन्द्रभाग मिडिया

पोखरा ।
काठमाण्डौबाट बेनी जाँदै गरेको रात्रीबस पोखराको हेम्जा सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन । ग २ ख १६३० नम्बरको बस राती २ : ५० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा बाग्लुङ तमानखोला बस्ने २५ वर्षिया रीता घर्ती, म्याग्दी मालिका ५ देवी स्थान बस्ने ३० वर्षिय भिम कुमार बुढा, सोही ठाँउका २७ वर्षिय निर्मला फगामी, सोही ठाँउकै ४६ वर्षिय सुमित्रा फगामी, म्याग्दी मालिका १ दरबाङका ७२ वर्षिय नर बहादुर पुन, सोही ठाँउकै ६५ वर्षिय कृष्ण कुमारी पुन रहेकी छन । घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालकले नियन्त्रण गुमाई सडकको बाँया साईडमा पल्टिएर दुर्घटना भएको र बसका चालक बेनी ६ बस्ने ३२ वर्षिय राजकुमार गैरेलाई वडा प्रहरी कार्यालय बगरको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • २९ चैत्र २०८०, बिहीबार १०:०४ प्रकाशित