१६ हिमाल आरोहण गर्न ३३४ जनालाई अनुमति

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पर्यटन विभागले वसन्तकालीन याममा हिमाल आरोहणका लागि ३ सय ३४ जनालाई अनुमति दिएको छ । विभागले जारी गरेको सूचीअनुसार आइतबारसम्म १६ वटा हिमालका लागि ३६ वटा आरोहण दललाई अनुमति दिइएको हो ।

यसमा ७४ महिला र २ सय ६० पुरुषसहित ३ सय ३४ जना छन् । विभागले यसबाट २३ करोड ७५ लाख सलामी दस्तुर संकलन गरेको छ ।विभागले यस यामका लागि फागुन १८ देखि आरोहण अनुमति खुला गरेको थियो ।

अहिलेसम्म सबैभन्दा धेरै आरोहण अनुमति सगरमाथा हिमालका लागि जारी भएका छन् । यसअनुसार सगरमाथा आरोहणका लागि १ सय ४९ जनाले अनुमति लिएका छन् । सगरमाथापछि ल्होत्सेका लागि ४५, आमादब्बलमका लागि ३८, अन्नपूर्ण प्रथमका लागि २५, धौलागिरिका लागि १५, मकालुका लागि १०, जुगल प्रथम र जुगल दोस्रोका लागि १०र१० जनाले आरोहण अनुमति पाएका छन् ।

  • २६ चैत्र २०८०, सोमबार १०:१७ प्रकाशित