लागूऔषध सहित दुई पक्राउ

केन्द्रभाग मिडिया

पोखरा । कास्की प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १७ तितेपानीका मनिल बुढा मगर र पोखरा ६ शान्तिपाटनका गोपाल गर्बुजा पुन रहका छन । वडा प्रहरी कार्यालय बैदमको टोलीले पोखरा १७ बस्ने मनिल बुढा मगरको घरकोठाबाट लागूऔषध डाईजापाम १० एम्पुल, फेनरागन १० एम्पुल र नुर्फिन १२ एम्फुल गरी ३२ एम्पुल र पोखरा ६ शान्तिपाटनका गोपाल गर्बुजा पुनको साथबाट डाईजापाम ४ एम्पुल, फेनरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी १२ एम्पुल लागू औषध सहित पक्राउ गरी कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान पकृया अगाडी वढाइएको प्रहरीले जनाएको छ ।

  • २४ चैत्र २०८०, शनिबार १९:२३ प्रकाशित